निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २३ बिहीबार ०९:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साझाले आजबाट विद्युतीय बस सञ्चालनमा ल्याउँदै, चालक र सहचालक महिला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २३ बिहीबार ०९:१४:००

साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस आजबाट सञ्चालनमा ल्याउन लागिएको हो ।

काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटनपश्चात् सञ्चालनमा ल्याइने भएको छ । बसको परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरिएको छ ।

तीनवटा बसमध्ये दुईवटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुटमा चल्नेछ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा चल्ने जनाइएको छ । यी बसमा चालक र सहचालक भने महिला रहने बताइएको छ ।