१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २३ बिहीबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माइडियाको नयाँ वाइफाई वासिङ मेसिन नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २३ बिहीबार ०६:०५:००

माइडिया ब्रान्डको आधिकारिक वितरक चौधरी ग्रुपले दुई मोडेलका वासिङ मेसिन बजारमा ल्याएको छ । कम्पनीले आठ र नौ किलो क्षमताका वाइफाई सिरिजका वासिङ मेसिन बिक्री सुरु गरेको हो । माइडिया ब्याक्टेरिया हटाउन सक्ने उत्पादनको विकासमा केन्द्रित रहेको जनाइएको छ । त्यसैले यो ब्रान्ड उपभोक्ताको छनोटमा पर्दै गएको कम्पनीको भनाइ छ । यसको लुनार डिजाइनका साथै यो सिरिजले स्टिम केयरसहितको स्वास्थ्यकेन्द्रित विशेषता समावेश गरेको जनाइएको छ ।

लुनार सिरिजमा माइडियाको इन्भर्टर काट्रो मोटर रहेकाले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै अन्य मोटरको तुलनामा १०.४ प्रतिशत कम आवाज उत्पादन गर्ने कम्पनीको दाबी छ । यसमा जडान भएको वाइफाई प्रविधिले प्रयोगकर्तालाई वासिङ मेसिन नियन्त्रण गर्न र एपमार्फत कुनै पनि समय जहाँसुकैबाट अवलोकन गर्न मिल्ने जनाइएको छ । यसमा पानीको स्तर, गति, तापमानजस्ता विषय एपमा हेर्न सकिने जनाइएको छ । 

त्यस्तै, यसमा भएको लुनार डायलले नब र स्क्रिन डिस्प्लेबाट कार्य एकीकृत गर्ने हुनाले सहज अनुभव हुने जनाइएको छ । हेल्थ गार्ड स्टिम केयर र अटो क्लिनमा ध्यान केन्द्रित गर्दै यी दुई कार्य संयोजनले मेसिनलाई उच्चस्तरमा चलाउन गर्न मद्दत गर्ने र लुगा पनि सफा राख्न र कम इस्त्री गर्नुपर्ने कम्पनीको भनाइ छ । यसमा रहेको इन्भर्टर क्वाट्रो प्रविधिको मोटरले ६७ प्रतिशतसम्म ऊर्जा बचत गर्ने तथा कम आवाज आउने र टिकाउ रहेको कम्पनीको भनाइ छ । 

माइडियाले मोटरमा १० वर्षको वारेन्टीसहित वासिङ मेसिनमा बाहिरी स्टिल विवरण, शीर्ष ढक्कन, फिल्टर, पाइपबाहेकका सामानमा एक वर्षको वारेन्टी प्रदान गरेको जनाएको छ ।