मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Thursday, 23 January, 2025
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २२ बुधबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकास आयोजनाको प्रगति प्रधानमन्त्री कार्यालयमा सिसिटिभी राखेर नियाल्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार १५:५९:oo

राज्यमन्त्री उमेश श्रेष्ठले राज्य सञ्चालन प्रणालीको कमी–कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गरेका छन्। बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 

उनले राज्यको नीति–नियमको प्रणालीमा भएको कमी–कमजोरीले समयमै काम नसकिने गरेको जिकिर गरेका थिए। राज्यमन्त्री श्रेष्ठले नीति–नियमको कमी–कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको काममा ढिलाइ हुँदा यस्तो अवस्था आउने गरेको बताएका थिए। उनले प्रधानमन्त्री कार्यालयमा सिसिटिभी जडान गरेर काम प्रगतिको विवरणबारे नियाल्न आवश्यक रहेको बताए।

‘हाम्रो मुलुकमा किन काम हुँदैनन् । मलाई के लाग्छ भने यो हाम्रो सिस्टमको कमी–कमजोरी, ढिलो गर्ने, ठेकेदारले काम कम गर्ने भएर जाँदा धेरै समय लाग्ने गरेको छ । प्रधानमन्त्री अफिसमा एउटा सिसिटिभी राखेर त्यसको प्रगति कति हो ? त्यो नियाल्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना भनेको राष्ट्रको उन्नति–प्रगतिलाई असाध्यै ठूलो टेवा पुर्‍याउँछ । यसलाई कसरी सहजीकरण गर्ने र कसरी नेपाललाई समृद्ध बनाउने भन्ने कुरामा सरकार र प्रधानमन्त्री कार्यालय लागिरहेको छ ।’
 

छुटाउनुभयो की ?