१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले निर्माण तथा संरक्षण गरेको रिङरोड ग्रिन बेल्ट उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार ०८:००:००

एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिन बेल्टको उद्घाटन गरिएको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत  वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडकखण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा ग्रिन बेल्ट उद्घाटन गरेको जनाइएको छ । एनसेलले यस सामाजिक पहलअन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माणको काम सकेर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको जनाएको छ ।

यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ सन् २०२४ सम्म यस ग्रिन बेल्टको संरक्षण गर्ने एनसेलले जनाएको छ ।

उद्घाटनपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र कम्पनीको नेट जिरो कार्बनको आकांक्षाअनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा खुसी लागको वताए ।

यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको यसले कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सकिन्छ भनी प्रष्ट्याएको उनको भनाइ थियो । 

एनसेलले आफ्नो सामाजिक पहलअन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको योगदान गरिसकेको जनाएको छ ।