१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मधेश र गण्डकीमा एनसेलको फोरजी सेवा सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५२:oo

फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तीव्रता दिँदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ ।

कम्पनीले यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकले फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्यान्डबाट फाइदा लिन सक्ने सुविधा सुरु गरेको हो । 

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको कम्पनीले जनाएको छ । फोरजी सेवा सुधार भएका क्षेत्रहरूमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहारपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरू रहेको जनाइएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतली बजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्क सुरु भएको कम्पनीले जनाएको छ ।

ad
ad