१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा आएन आजियाटा र स्पेक्ट्रलाइट युके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२५:oo

म्याद तामेल नहुँदा एनसेलको मुद्दा लम्बियो 

सेयर किन्ने र बेच्नेको ठेगाना पत्ता नलाग्दा उच्च अदालत पाटनमा एनसेलको सेयर खरिद–बिक्रीविरुद्धको मुद्दा लम्बिएको छ । अदालतले एनसेल खरिद–बिक्रीसम्बन्धी रिटमा आजियाटा र स्पेक्ट्रलाइट युकेलाई समेत छलफलका लागि बोलाउने आदेश दिएको थियो । तर, म्याद तामेल गर्न ठेगाना भेट्नै नसकेपछि यो मुद्दा लम्बिएको हो । न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले दुवै पक्षलाई २५ पुसका लागि छलफलका लागि बोलाएको छ । 

गत २ पुसमा अदालतले आजियाटा र स्पेक्ट्रलाइट युकेको नाममा राष्ट्रिय दैनिक अखबारमा सूचना जारी गर्न आदेश दिएको थियो । जसअनुसार दुई कम्पनीको नाममा ‘द राइजिङ नेपाल’मा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सार्वजनिक सूचना आह्वान गरिएको थियो । तर, कम्पनीहरूको जानकारी यकिन नभएकाले सुनुवाइ हुन नसकेको अदालतको आदेशमा उल्लेख छ । 

आजियाटाको वेबसाइटमा उल्लेखित इमेल ठेगानामा पत्राचार गर्ने स्पेक्ट्रलाइट युकेको नाममा पुनः अखबारमा सूचना जारी गर्न अदालतले आदेश दिएको छ । त्यस्तै, अन्तरिम आदेश छलफलका लागि आगामी २५ पुसमा दुवै पक्षलाई अदालतमा बोलाएको उल्लेख छ । गत २१ मंसिरमा अदालतले छलफलको टुंगो नलागेसम्म एनसेल खरिद–बिक्री दर्ता नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई अन्तरिम आदेश दिएको थियो । म्याद तामेल हुन सक्दा एनसेलको मुद्दा थप लम्बिने देखिएको हो ।

आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत हिस्सा (सम्पूर्ण सेयर) बेलायतको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्ने विषय सार्वजनिक भएपछि यो विवादमा परेको छ । आजियाटाले वक्तव्य जारी गर्दै स्पेक्ट्रलाइटसँग एनसेलको सेयर ‘खरिद–बिक्री सम्झौता’ भइसकेको सार्वजनिक गरिसकेको छ । तर, नियामक निकायले यस सम्बन्धमा जानकारी नभएको उल्लेख गरेपछि यो विषय थप विवादमा परेको हो । 

आजियाटा समूहले एनसेलमा रहेको आफ्नो सेयर हिस्सा पाँच करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड नेपाली रुपैयाँमा बिक्री गरेको बताएको छ । सन् २०१६ मा एक अर्ब ३६ करोड ५१ लाख डलर (तत्कालीन समयको विनिमय दरअनुसार करिब एक खर्ब ४३ अर्ब रुपैयाँ)मा टेलियासोनेरासँग ८० प्रतिशत सेयर खरिद गरेर आजियाटा एनसेलमा भित्रिएको थियो । 

आजियाटाले खरिद गरेको मूल्यको अत्यन्तै कम मूल्यमा एनसेलको स्वामित्व बिक्री गर्दै बाहिरिएको सूचना बाहिर आएपछि यस विषयमा सरकारले उच्चस्तरीय समिति बनाएर छानबिनसमेत गरिरहेको छ । सन् २०१६ मा आजियाटाले स्विडिस टेलिकम कम्पनी टेलियासोनेरासँग एनसेलको स्वामित्व रहेको रेनोल्ड होल्डिङ खरिद गरेको थियो । आजियाटाले टेलियासोनेराबाट एनसेल खरिद प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेर नेपाली दूरसञ्चार बजारमा प्रवेश गरेको जनाएको थियो ।

ad
ad