१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको सेवामा सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२५:oo

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । कम्पनीले यी प्रदेशका डेढ दर्जनभन्दा बढी क्षेत्रका ग्राहकलाई सुधारिएको फोरजी सेवामा पहुँच पुर्‍याउने गरी यो काम गरेको हो ।   

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम यी स्थानहरूको फोरजी सेवामा थप सुधार गरेकोे एनसेलले जनाएको छ । देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

 हाल फोरजी सेवा सुधार गरिएका स्थानीय स्तर तथा क्षेत्रहरूमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको जनाइएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेको कम्पनीको भनाइ छ । कम्पनीले हाल फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको जनाएको छ । 

ad
ad