मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Friday, 28 August, 2026
२o७९ असार २१ मंगलबार २o:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाकाे सिड्नीमा बाढी, हजारौँ मानिस विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार २o:१५:oo

अत्यधिक वर्षापछि आएको बाढीका कारण अस्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरू अहिले बसिरहेको ठाउँ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्। 

अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ। स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झन्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन्।

पछिल्लो चार दिनमा झन्डै आठ महिनामा पर्ने वर्षा भएको छ। बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्।