Skip This
नक्कली नेपाली नोटसहित दुई पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २१ मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नेपाली नोटसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार १७:३६:oo

प्रहरीले हजार दरको नक्कली रुपैयाँसहित सर्लाही बसबरिया गाउँपालिका–३ बंगलवाका २६ वर्षीय प्रमोद ठाकुर र २५ वर्षीय गंगाकुमार यादवलाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले फर्पिङ चेक प्वाइन्टबाट पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले  हजार दरका २७ वटा नक्कली नोट बरामद गरेको छ। उनीहरू ना ३४ प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा काठमाडौं आउँदै थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए।