१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरणमा सरकारले चासो दिएन : सांसद सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२७:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललितानिवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याबारे मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।

‘प्रहरीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?,’ उनले भने ।

ad
ad