१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरी भर्नामा  नयाँ नियम : लिखित परीक्षापछि रिक्त हुने पदबराबर भर्ना गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०६:५६:००

नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागू भएको छ । लिखित परीक्षाको समयमा रिक्त हुने पदबराबर नै अब नियुक्ति हुने भएको छ । यसअघि भर्नाको सूचना प्रकाशित हुँदा जति रिक्त हुन्थ्यो, त्यति मात्र भर्ना गरिन्थ्यो । 

भर्ना प्रक्रियामै करिब एक वर्ष लाग्ने र त्यो अवधिमा हजारौँ पद रिक्त हुने समस्या समाधानका लागि नेपाल प्रहरीले लोकसेवा आयोगसँगको सहमतिमा यससम्बन्धी प्रावधान हेरफेर गरेको हो । जसअनुसार प्रहरी सहायक निरीक्षक (असइ) र जवान पदको भर्नामा माग संख्या आइतबार सूचना प्रकाशन गरी थप गरेको छ । 

गत वर्ष २२ असोजमा खुलाइएको असइ भर्नामा तीन सय ६७ जना माग गरिएको थियो । हाल लिखित परीक्षाको नतिजा प्रकाशनको तयारी भइरहेको छ । नतिजा प्रकाशनअघि ७६ पद रिक्त भएकाले त्यसलाई समेत जोडेर चार सय ४३ जना भर्ना गर्न लागिएको छ । 

त्यस्तै, १० मंसिरमा खुलाइएको जवानको भर्नामा एक हजार नौ सय ७१ माग गरिएकोमा पाँच सय तीन पद थपेर दुई हजार चार सय ७४ पद पु¥याइएको छ । अबदेखि हरेक पदको भर्नामा लिखित परीक्षापछि रिक्त हुने सबै पदमा भर्ना लिइने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । यसले प्रहरीमा अब ठूलो संख्यामा दरबन्दी रिक्त हुने समस्या समाधान हुने उनको भनाइ छ । 

७९ हजार पाँच सय ४१ दरबन्दी रहेकोमा नेपाल प्रहरीमा सधैँजसो करिब १० हजार पद रिक्त हुने गरेको छ । वर्षमा एकपटक मात्र भर्ना हुने र भर्नाको अवधिमा थप ठूलो संख्यामा थप पद रिक्त हुने गरेको छ । संगठनले यो समस्याका कारण जनशक्ति अभावको समस्या झेल्दै आएको थियो ।