१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १७ शुक्रबार २०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर प्रणालीमा व्यापक सुधार आवश्यक : अर्थविद् डा. अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १७ शुक्रबार २०:५४:००

वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । शुक्रबार आर्थिक पत्रकार समाज ‘नाफिज’ले आयोजना गरेको ‘परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव’ विषयक अन्तर्क्रियामा बोल्दै अर्थविद् अधिकारीले यस्तो बताएका हुन् । 

उनले नेपालमा भन्सारमा कर नपुगेको भनेर अन्य वस्तुबाट बढी कर उठाउने गरी कर नीति बनाइएको बताए । अधिकारीले  विगत १० वर्ष देखि नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताए । ‘एसआई डिउटी’ भनेको हेल्थ र वातावरणलाई प्रभाव पार्ने विषयको उपभोगलाई ‘डिस्करेज’ गराउन लगाउने काम हो । हामीलाई भन्सारमा भ्याट पुगेन भनेर त्यहाँ लगाई दिने ? यो क्षेत्रमा पनि हेर्नुपर्ने भएको हुनाले कमफेन्डसिप ट्याक्स रिफमको आवश्यकता छ,’ उनले भने, ‘अहिले बजेटमार्फत करको नीति परिर्वतन भएको छ । ‘ब्युरोक्र्याटिक’ र ‘पोलिसी करप्सन’को ट्रेन्ड ७ देखि १० वर्षदेखि नै छ । पोलिसी करप्सन भइरहेको छ ।’

अर्थविद् अधिकारीले करसम्बन्धी नीतिगत भ्रष्टाचारका विषयमा ख्याल गर्न नसक्दा नेपालको अर्थतन्त्र भाडा लिने अर्थ व्यवस्थामा पुगेको दाबीसमेत गरे ।