१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १७ शुक्रबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकामा हुने बृहत् नेपाली सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री शर्माले गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १७:o४:oo

गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औँ सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’ यही जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुने भएको छ। सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्ने भएका छन्।

विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक स्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक सञ्जाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधार अनि नेपालका लागि नेपाली डायस्पोराको भूमिकालगायतका विषयमा कार्यपत्र प्रस्तुतिपश्चात् गहन छलफल हुने एनआरएन अमेरिकाले जनाएको छ।

सम्मेलनमा एनआरएन आइसिसीका अध्यक्षहरू, विभिन्न देशमा रहेका एनआरएन नेतृत्वसँगै अमेरिकाका करिब चार सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा ११ फरक विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।