१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन परिपालना गराउन कानुनी शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार १४:५७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन परिपालना गराउन कानुनी शिक्षाको भूमिका महत्वपूर्ण रहने बताएकी छिन्। नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कानुनी शासन स्थापनाका लागि कानुनी शिक्षा प्रमुख आधार भएको बताइन् । 

उनले समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहं भूमिका रहने बताएकी थिइन् । 

‘मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्न सक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्दै  कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै अगाडि लैजान अति आवश्यक छ,’ उनले भनिन्, ‘कानुनी शिक्षा मूलतः नागरिकको जीवन, स्वतन्त्रता, प्रतिष्ठा र सम्पत्तिसँग प्रत्यक्ष जोडिएको व्यावहारिक र व्यावसायिक शिक्षा भएकाले यसमा ज्ञान, सीप, विवेक र नैतिकताको सम्मिश्रण हुन अत्यन्तै आवश्यक हुन्छ  भन्ने मेरो विश्वास रहेको छ ।’

समारोहमा राष्ट्रपति भण्डारीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै क्याम्पसबाट प्रकाशित स्थापना दिवस स्मारिकाको पनि लोकार्पण गरेकी थिइन् । कार्यक्रममा ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’ डा. सूर्य सुवेदीलाई प्रदान गरिएको थियो । समारोहमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतको उपस्थिति रहेको थियो । विक्रम संवत् २०११ मा स्थापित क्याम्पसले मुलुकलाई  आवश्यक पर्ने कानुन क्षेत्रका जनशक्ति उत्पादन गरिरहेको छ। रासस