नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण
नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

फाइल फाेटाे

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एउटा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार नुवाकोटको ककनी गाउँपालिकामा नेपाल पर्वतारोहण संघले आयोजना गरेको स्व. प्रकाश दाहालको सालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

पर्वतीय पर्यटन विकासका निम्ति नेपाल केन्द्र बन्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। ‘हामीले नेपालमा एउटा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ, जसले नेपालको परिचय संसारभरिबाट पर्वतीय पर्यटनको विकासको निम्ति, शिक्षाको निम्ति, तालिमको निम्ति एउटा केन्द्र बनोस्,’ उनले भने।

छोरा प्रकाशको सालिक बनाउने कुराले नराम्रो सन्देश जान्छ कि भन्ने आशंकाका कारण आफूलाई अप्ठ्यारो महसुस भएको उल्लेख गर्दै उनले पर्वतारोहीहरूप्रति सम्मान हुने भनी संघले कन्भिन्स गरेपछि मात्र आफू सालिक अनावरणका लागि सहमत भएकोसमेत प्रचण्डले स्पष्टीकरण दिएका छन्। 

सुझावित समाचार