राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।यसअघि असार ७–९ गते बोलाइएको केन्द्रीय समिति बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

See More On

सुझावित समाचार