मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १७ शुक्रबार ०८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 काठमाडौंबाट रौतहट जाँदै गरेको बस धादिङमा दुर्घटना, ४१ जना घाइते

Read Time : < 1 मिनेट
२०७९ असार १७ शुक्रबार ०८:१६:००

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका– ४ चिरौँदी पुलनजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन् ।  काठमाडाै‌ंबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

डिएसपी भण्डारीका अनुसार बस अनयिन्त्रत भई आफ्नै साइडको भित्तामा ठोक्किएको थियो ।  बस नपल्टिए पनि स्पिडका कारण बढी घाइते भएको भण्डारीले बताए । दुर्घटनामा परी घाइते भएका २२ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सामान्य घाइते १४ जनाको गल्छीमा र चार जनाको आदमघाटमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।