मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार ०६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अर्थतन्त्रका चुनौती सामना गर्न निजी क्षेत्रसँग हातेमालो गर्छाैँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार ०६:२५:००

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रका वर्तमान चुनौतीको सामना गर्न सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले यस्तो बताएका हुन् । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आगामी मौद्रिक नीति, अर्थतन्त्रका वर्तमान समस्या र समाधानका उपायलगायत विषयमा सुझावसहितको प्रतिवेदन दिएको थियो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले समस्या समाधानका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने बताएका हुन् । 

भेटघाटका क्रममा सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरूको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा, चुनौती र सम्बोधनका लागि सुझावहरू–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरू–०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरू र वर्तमान समयमा जल्दाबल्दा देखिएका विभिन्न आर्थिक एवं वित्तीय क्षेत्रका महŒवपूर्ण विषयहरूमा तयार तीनमहले सुझावसमेत प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले सिबिफिनले पेस गरेको प्रतिवेदनको निष्कर्ष तथा सुझावहरूबारे प्रधानमन्त्रीलाई संक्षिप्त जानकारी जानकारी दिएका थिए । सिबिफिनका अध्यक्ष गोल्यानले अध्ययन प्रतिवेदनहरूले औँल्याएका निष्कर्ष एवं सुझावहरूको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरूले औँल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनीकरण तथा आयात प्रतिस्थापनका उपायहरू र निर्यातजन्य वस्तुहरू, लगानीका लागि पुँजी निर्माण तथा परिचालनजस्ता विषयहरूमा विशेष जिज्ञासा राखेका थिए । ‘वर्तमान अवस्थामा देखिएका समग्र चुनौतीको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्नेछ,’ उनले भने ।