१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार २o:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल यौन दुर्व्यवहार गर्ने सर्वनाम शिक्षालयका शिक्षक जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार २o:११:oo

बाल यौन दुर्व्यवहारमा संलग्न जोरपाटीस्थित सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेतलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । काठमाडौं जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि बस्नेतलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश गरेको हो । 

उनलाई हाल डिल्लीबजारस्थित कारागारमा राखिएको छ । उनीमाथि विगत सात महिनाअघिदेखि कक्षा ७, ८ र १० मा अध्ययनरत वर्ष ११, १२ र १४ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । विद्यार्थीले उजुरी गरेपछि बस्नेतलाई प्रहरीले २१ जेठमा रामेछापबाट पक्राउ गरेको थियो ।