मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्य प्रतिस्पर्धी छुट्याउन नसक्दा जित्ने ठाउँमा पनि हार व्यहोर्नुपर्‍यो : कांग्रेस नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १९:४१:oo

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धी छुट्याउन नसक्दा जित्ने ठाउँमा पनि हार व्यहोर्नुपरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिको प्रतिवेदनमाथि सुझाव राख्दै उनले आगामी निर्वाचनमा सूचना संयन्त्र चुस्त दुरुस्त हुनुपर्ने, उम्मेदवारी दर्ता गर्दा नै घोषणपत्र तयार गरेर वितरण गर्नुपर्ने, प्रवासी नेपालीका लागि मतदान गर्ने कानुन बनाउनुपर्ने, प्रवासी नेपालीलाई पनि स्वदेशमा निर्वाचनका लागि वकालत गर्ने वातावरण तयार गर्नुपर्ने बताए । 

त्यस्तै, उनले बागी उम्मेदवार बन्नेलाई कारबाही गर्नु जायज भएको बताए । तर, उम्मेदवार छनाेटमा भएको कमजोरीकाे जिम्मेवारी पार्टीले लिनुपर्ने बताए । ‘बागी उम्मेदवार बन्नेलाई कारबाही गर्नु जायज छ तर जनताले औँला उठाउने खालका व्यक्तिलाई पार्टीको टिकट दिएर चुनाव हारेको खण्डमा संसदीय समितिले जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ उनको प्रश्न थियो । 

समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गरी प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा कांग्रेस र गठबन्धनकै कारण कतिपय स्थानमा जित हासिल हुन सक्ने स्थानमा पनि जित हासिल हुन नसकेको निष्कर्ष निकालिएको छ ।