मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १६ बिहीबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले तयार गर्‍यो स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १८:३५:oo

नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू तथा समितिका सदस्यहरूले प्रतिवेदनका विषयमा विभिन्न सुझाव दिएका नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् । आवश्यक सुझावहरूलाई समेटेर सो प्रतिवेदन कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताइन् । ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ । र, आजको बैठकमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो,’ उनले भनिन्, ‘त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ ।’

उनले समितिको प्रतिवेदनमा उपसमितिहरूले दिएका प्रतिवेदनहरूलाई पनि समावेश गरिएको बताइन् ।