१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई दबाब दिन इतरसमूहको छुट्टै भेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार १८:१६:००

सभापति शेरबहादुर देउवालाई दबाब दिन नेपाली कांग्रेसको इतरसमूहले छुट्टै भेला राखेको छ । नेता डा. शेखर कोइरालाको नेतृत्वमा बिहीबार इतरसमूहका नेताहरू गौशालास्थित अनुपम फुडल्यान्डमा बैठक बसेका हुन् । 

बैठकमा सहभागी नेता चन्द्र भण्डारीले पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गराउन, भ्रातृ संस्थाहरूको मनोनयन, चुनावको समीक्षा, बिग्रँदो आर्थिक अवस्थालगायतका विषयमा छलफल भएको जानकारी दिए । उनले सभापति देउवालाई गुटको नभई देशको नेतृत्व गर्न दबाब दिन आफ्नो विचार समूहले छलफल गरेको बताए । 

भेलामा महामन्त्री गगन थापा, बलबहादुर केसी, दिलेन्द्र बडूलगायतको सहभागिता रहेको थियो ।