१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार o७:५o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकले ल्यायो ‘१० गुणा मुद्दती योजना’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार o७:५o:oo

एनआइसी एसिया बैंकले निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने मुद्दती योजना ल्याएको छ । बैंकले सर्वाधिक उच्च ब्याजदरसहितको ‘एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको हो ।

योजना व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकलक्षित गरी ल्याइएको बैंकले जनाएको छ । जसअनुसार हाललाई छोटो अवधिसम्म लागू हुने योजनामा निक्षेपकर्ताले पाँच वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशतबराबर रकम कर्जासमेत लिन सक्ने बैंकले उल्लेख गरेको छ । 

बैंकले रेमिट्यान्स खाता खोल्ने ग्राहकलाई सबैभन्दा बढी दरमा ब्याज दिने जनाएको छ । त्यसपछि धेरै ब्याज पाउनेमा व्यक्तिगत ग्राहक र त्यसपछि संस्थागत ग्राहक रहेको उल्लेख छ । बैंकले समय तोकेर निश्चित समयमा दुई, तीन, चार हुँदै क्रमशः १० गुणासम्म रकम फिर्ता पाउने जनाएको छ । 

यसअघि बैंकले पाँच वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बिमा सुनिश्चित गर्ने विभिन्न फाइदासँगै सर्वाधिक उच्च ब्याजदर, तीन बिमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य सर्वश्रेष्ठ फाइदा गरी कुल २४ प्रकारका फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको थियो । उक्त योजनामा ग्राहकको उत्साहजनक सहभागिता रहेको र उनीहरूलाई प्रोत्साहन गर्न थप योजना ल्याएको बैंकले उल्लेख गरेको छ ।

आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रूपको अध्ययन र विश्लेषण गरी निक्षेप योजना ल्याएको बैंकको दाबी छ । निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने नीति तथा रणनीतिअनुरूप बैंकले यसअघि लिएर आएको निक्षेप खातामा पाइने फाइदाभन्दा अझ बढी फाइदाहरू रहेको अर्थात मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको बैंकले जनाएको छ । 

हाल बैंकले देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय दुई विस्तारित काउन्टर बचत तथा ८१ वटा शाखा रहितबैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।