१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १५ बुधबार १५:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १५ बुधबार १५:४९:००

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्न सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन् । सो विधेयकबारे निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए । 

‘नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधिसभामा छ,’ उनले भने, ‘त्यसबारे माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ । र, त्यसलाई पनि एउटा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ ।’

गृहमन्त्री खाणले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने बताए । उनले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए । उनले  संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको पनि बताए ।