मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १५ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १५ बुधबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डलाई भुसालको जवाफ– माओवादीको बिउ उम्रिँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १४:४३:oo

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले माओवादीको बिउ नउम्रिने बताएका छन् । 

आफूहरूले ‘एमालेमा बिउ रोपिसकेकाले केही समयपछि फुल्ने र फल्ने’ अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै भुसालले माओवादी बिउ नउम्रिने बताएका हुन् ।

‘हामीले एमालेमा बिउ रोपेका छौँ, केही समयपछि फुल्छ, फल्छ भनेर आज कमरेड प्रचण्डले भन्नुभएछ, तर म भन्छु– माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ अब यी बिउहरू उम्रिँदैनन्,’ उनले भने, ‘आजको आवश्यकता प्रचण्डले अझै बुझ्नुभएन ।’

रैथाने बिउहरूलाई हाइब्रिडमा परिणत गर्नुपर्ने बताएका भुसालले हाइब्रिड बिउबाट नै एकीकृत कम्युनिस्ट पार्टी बनाउन सकिने दाबी गरे । बुधबार गरिएको कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा भुसालले यस्तो बताएका हुन् ।

आजै काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले तीन वर्ष नेकपाको अध्यक्ष रहँदा आफूले एमालेमा माओवादीको बिउ रोपेको दाबी गरेका थिए । एमालेमा हजारौँ सच्चा कम्युनिस्ट रहेको चर्चा गर्दै प्रचण्डले केपी ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता–कार्यकर्तालाई पनि समेटेर जान सकिने बताएका थिए ।