१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १५ बुधबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरका ‘जुजु धौ’ व्यवसायीलाई भ्याइनभ्याई

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ११:५७:००

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौ’  बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि ‘जुजु धौ’ पसलमा उपभोक्ताको भिड लागेको छ । अन्य समय दिनको करिब दुई सय लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटरसम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजूले जानकारी दिए  ।

उनले भने, ‘दहीको माग अत्यधिक छ, मंगलबारदेखि नै बिक्री ह्वात्तै बढेको छ । अहिले बिहानैदेखि पसलमा दही लिन आउने संख्या अत्यधिक छ । माग भएको ठाउँमा पनि पुर्‍याउनैपर्‍यो ।’  

असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । यही पर्वका कारण आज भक्तपुरका ‘जुजु धौ’ व्यवसायीलाई भ्याइनभ्याई भएकाे हाे । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीचिउरा खाएर मनाइँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् ।  खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन्  ।