मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असार १४ मंगलबार २०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाका कारण मोरङमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असार १४ मंगलबार २०:२७:००

मंगलबार बिहानदेखि अविरल रूपमा भएको मनसुनी वर्षाका कारण मोरङमा एकजनाको मृत्यु भएको छ । एउटा निर्माणाधीन पुल भत्किएको छ भने दजनौँ घरपरिवार विस्थापित भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका ६ मा स्थानीय गछिया खोलामा आएको बाढीमा बगेर सोही ठाउँका ५८ वर्षीय रामबहादुर विश्वकर्माको मृत्यु भएको छ।  खोला तर्ने क्रममा उनलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको हो।  बाढीले गर्दा केरावारी गाउँपालिका ९ तुर्के खोलामा आएको बाढीले निर्माणाधीन पुल भत्काएको छ  । बाढीले  पुल बगाउँदा निर्माणाधीन पुलको संरचनामा ठूलो क्षति पुगेको छ। 

मोरङ प्रशासनका अनुसार अविरल वर्षापछि आएको बाढीले गर्दा मोरङका सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकालगायत ९ स्थानीय तहका बासिन्दा प्रभावित बनेका छन् । यस्तै, प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन्। 

विस्थापित भएकाहरूलाई उद्धार गरेर होल्डिङ सेन्टरमा राख्ने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  बाढीको समस्या बढेकोले जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिलाई उद्धार, राहत र रोकथामका लागि सक्रिय गराइएको सिडिओ दाहालले बताए।