१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार १४ मंगलबार १९:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार बढ्याे, सरकार गम्भीर बनाेस् : एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १९:४४:००

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रीय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको बताए । उनले बैठकले किसानलाई सहज तरिकाबाट मल तथा बिउ बिजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको पनि बताए । 

बैठकले महिला तथा बालबालिकामाथि भइरहेको यौनिक हिंसा तथा सामूहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानुनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाको उचित संरक्षण, उपचार, पुनर्स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि सरकारसँग माग गरेको छ । 

बैठकले  पार्टी पंक्तिलाई पनि सम्भावित विपत् र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गरेकोसमेत प्रचार विभाग प्रमुख खतिवडाले बताए ।