मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
२०७९ असार १४ मंगलबार १२:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्याप्त खोप नहुँदा ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १२:५२:००

खोपको अभाव भएपछि ललितपुरमा कोरोना खोप कार्यक्रम रोकिएको छ। असार ९ गतेदेखि सुरु भएको खोप कार्यक्रम पर्याप्त खोप उपलब्ध नभएपछि बीचमै रोकिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टका अनुसार ललितपुर महानगरसहित गोदावरी र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको हो। 

यसबाहेक दक्षिण ललितपुरका बागमती, कोन्ज्योसोम र महाँकाल गाउँपालिकामा भने खोप कार्यक्रम सञ्चालन भइरहेको छ। त्यहाँ पुग्दो मात्रामा खोप पठाइएको प्रमुख विष्टले जानकारी दिए। खोप सकिएपछि स्वास्थ्य कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग खोप उपलब्ध गराउन माग गरेको छ। अब खोप प्राप्त भएपछि मात्रै खोप कार्यक्रम सुचारु हुनेछ।

सरकारले पहिलो चरणमा २७ जिल्लाका पाँचदेखि माथि र १२ वर्षभन्दा मुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप वितरण सुरु गरेको थियो। असार ९ देखि १५ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम सक्ने समयसीमा तोकिए पनि खोप अभावका कारण समयमै उक्त कार्यक्रम नसकिने देखिएको छ।