मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १४ मंगलबार o६:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको निःशुल्क महिला स्वास्थ्य शिविर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार o६:१४:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरेको हो । 

पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ मा रहेको साँख स्वास्थ्य चौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा रहेको सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाउँपालिका–५ मा रहेको गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाउँपालिकामा रहेको सानागाउँ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ मा रहेको धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरूले सात सय ५७ जना महिलालाई स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको जनाइएको छ ।  

स्वास्थ्य शिविर नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका–नगरपालिकाको समन्वयमा आयोजना गरेको उल्लेख छ । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निःशुल्क औषधि वितरण गरेको जनाइएको छ । शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका एकजना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान भएकाले उनीहरूलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ । 

यसअघि बैंकले १५औँ वार्षिकोत्सवको अवसर पारेर सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको जनाएको छ । यसबाट देशका ग्रामीण तथा अर्धसहरी क्षेत्रका एक हजार ६ सय ६० महिलाहरू लाभान्वित भएको जनाइएको छ । बैंकले देशका ७६ जिल्लामा दुई सय ८८ शाखा, दुई सय ५२ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।