Skip This
पूर्वप्रधानन्यायाधीशहरूलाई पनि कानुनविपरीतको सेवा–सुविधा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १४ मंगलबार ११:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वप्रधानन्यायाधीशहरूलाई पनि कानुनविपरीतको सेवा–सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार ११:२३:oo

पूर्वप्रधानन्यायाधीशहरूले पनि अहिले कानुनविपरीत गाडी र चालक लिइरहेका छन् । पूर्वप्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली, सुशीला कार्की, कल्याण श्रेष्ठ, रामकुमारप्रसाद साह, खिलराज रेग्मी, रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी र दिलीप पौडेल सर्वोच्चबाट गाडी, चालक र इन्धनको सुविधा लिइरहेको सर्वाेच्चको विवरणमा छ । 

सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७(५)मा प्रधानन्यायाधीशलाई उपलब्ध गराएको सवारीसाधनको सुविधा कार्यकाल समाप्त भएको सात दिनसम्म मात्र पाउने व्यवस्था छ । ऐनको दफा ७(६) अनुसार अवकाशप्राप्त न्यायाधीशले आफैँले खरिद गरी लैजान चाहेमा सो सवारीसाधनको किताबी मूल्य लिई हस्तान्तरण गर्न सकिने भनिएको छ । तर, पूर्वप्रधानन्यायाधीशहरूले यो नियम तथा सर्वाेच्चकै फैसलाविपरीत सुविधा लिएका छन् । 

२७ जेठ ०६८ को मन्त्रिपरिषदबाट प्रधानन्यायाधीलाई एउटा सवारीसाधन, मासिक ७५ लिटर इन्धन, सवारीचालक दिने निर्णय भएको थियो । जसलाई सर्वाेच्चले नै खारेज गरिसकेको छ । तर, गत वर्ष मात्र पूर्वप्रधानन्यायाधीशहरूलाई सर्वोच्चले नयाँ गाडी दिएर पुरानो गाडी फिर्ता गरेको थियो । पूर्वप्रधानन्यायाधीश पराजुलीले त आफू पदमै हुँदा नयाँ गाडी किनेर अवकाशपछि लगेका थिए ।