१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१० अर्बमा बन्ने भयो नेपाल प्रहरीको एकेडेमी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३६:oo

२७ वर्षको प्रयासपछि नेपाल प्रहरीको आधुनिक तालिम प्रतिष्ठान काभ्रेको पनौतीमा बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि सोमबार निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

१० अर्ब एक करोड रुपैयाँको लागतमा अहलुवालिया कन्ट्याक्स–रोशन कन्ट्रक्सन जेभीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्दराज आचार्य र अहलुवालिया कन्ट्याक्सका सिइओ अरुण शाहीले हस्ताक्षर गरेका छन् । भारतीय अनुदान सहयोगमा प्रतिष्ठान बन्न लागेको हो । 

०५२ मा तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहरा भारत भ्रमणमा जाँदा पहिलोपटक यससम्बन्धी छलफल भएको थियो । त्यही वर्ष प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा यसबारे सहमति भएको थियो । संयोग, २७ वर्षपछि देउवा प्रधानमन्त्री भएकै वेला प्रतिष्ठान निर्माणका लागि सम्झौता भएको छ । 

प्रतिष्ठान निर्माणका लागि पनौतीमा आठ सय २२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । पनौतीमा प्रतिष्ठान निर्माण भइसकेपछि आधारभूत र आवासीय तालिमहरू पनौतीमा र अन्य एड्भान्स तालिम हाल प्रतिष्ठान रहेको महाराजगन्जमै गर्ने प्रहरीको तयारी छ । महाराजगन्जबाट प्रतिष्ठान हटाउने निर्णय केपी ओली सरकारले गरेको थियो । तर, प्रहरीको विरोधपछि त्यो निर्णय कार्यान्वयन भएको छैन । पनौतीमा प्रतिष्ठान निर्माणको ठेक्का पारदर्शी नभएको केही निर्माण व्यवसायीको गुनासो छ । 

ad
ad