मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १३ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार २१:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हैजाका बिरामी बढेपछि काठमाडौं महानगरले सुरु गर्यो हटलाइन, ११८० मा फोन गरेर जानकारी लिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार २१:४३:oo

हैजाका बिरामी बढेसँगै काठमाडौं महानगरपालिकाले समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरेको छ । महानगरले सोमबारबाट हैजासम्बन्धी समस्या समाधान गर्न हटलाइन टेलिफोन सञ्चालन गरेको हो । 
महानगरका प्रमुख बालेन शाहले सोमबार राति सामाजिक सञ्जालमार्फत २४ सै घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको जनाएका छन् । 
‘आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौँ,’ शाहले भनेका छन्, ‘११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिनेछ ।’
त्यसअघि काठमाडौं महानगरपालिकाले सोमबारैबाट महानगर क्षेत्रका सडकमा खानेकुरा बेच्न निषेध गरेको थियो । महानगर क्षेत्रमा हैजा देखिएपछि महानगरले यस्तो निर्णय गरेको हो ।
प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् । स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरूलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको जानकारी दिए ।