१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १२ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १२ आइतबार १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियमको मूल्य घट्यो, अब अन्य वस्तु तथा सेवाको मूल्य घट्नुपर्छ : मन्त्री बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १६:o६:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तुको मूल्य घट्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवाको मूल्यबारे सरकारले बजार अनुगमन गर्ने बताए । 

‘पेट्रोलियम पदार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नु आवश्यक छ,’ मन्त्री बडूले भने, ‘यसका लागि विषयगत मन्त्रालय र नियामक निकायहरूले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रूपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।’ 

अनुगमनका लागि संघीय संसदका सबै सदस्य, सबै सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले राखेको उनले बताए ।