मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ११ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o७९ असार ११ शनिबार १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ असार ११ शनिबार १५:५३:oo

सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ।  जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका– ५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो।

आज बिहान रिँगटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए। गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ । रासस