Skip This
विनोद चौधरीको घोषणा : आगामी चुनाव प्रत्यक्ष लड्छु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Tuesday, 16 September, 2025
आगामी चुनावमा आफ्नो तयारीबारे जानकारी दिन शुक्रबार ललितपुरमा आयोजित पत्रकार भेटघाटमा सांसद तथा उद्योगी विनोद चौधरी । तस्बिर : नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार १९:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विनोद चौधरीको घोषणा : आगामी चुनाव प्रत्यक्ष लड्छु

ब्याकडोरबाट राजनीति गर्ने छैन, फ्रन्टलाइनबाटै राजनीतिमा आउँछु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार १९:५३:oo

उद्योगी एवं सांसद विनोद चौधरीले आगामी निर्वाचन प्रत्यक्ष लड्ने घोषणा गरेका छन्। प्रतिनिधिसभामा हाल कांग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताए । शुक्रबार ललितपुरमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले आगामी निर्वाचन प्रत्यक्ष लड्ने तयारी गरिरहेको जानकारी गराए ।

‘म प्रत्यक्ष चुनाव लड्ने मनसायले लागिरहेको छु,’ उनले भने, ‘अन्तिम निर्णय त पार्टीले नै गर्ने हो । तर, पार्टीसँग सल्लाह हुन्छ । यो पक्का हो, फेरि समानुपातिकमा आउनेछैन।’उनले अबको प्राथमिकता राजनीति नै भएको स्पष्ट पारे। ‘त्यसकारण मैले महाधिवेशनमा वडाबाटै चुनाव लडेको हुँ। अब ब्याकडोरबाट राजनीति गर्ने प्रश्नै छैन। फ्रन्टलाइनबाटै राजनीतिमा आउँछु।’

चौधरी आगामी निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे भने खुलाएनन् । सबै परिवर्तन राजनीतिबाट सम्भव भएकाले आफू राजनीतिमा आएको उनले बताए। ‘जुन कुरा राजनीतिबाट सम्भव छ त्यो व्यक्तिबाट सम्भव छैन। त्यसैले म राजनीतिमा आएको हुँ,’ चौधरीले भने। बाँकी राजनीतिक जीवन कांग्रेसमै बिताउने बताएका चौधरीले भने, ‘सके संघर्ष गर्छु, नसके घर फर्केर बस्छु।’