मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच सय भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुर आइपुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार १८:३२:००

पाँच सय भारतीय धार्मिक पर्यटक बोकेको रेल जनकपुर आइपुगेको छ । जनकपुरधाम रेलवे स्टेसनमा नेपाली र भारतीय अधिकारीले भारतीय धार्मिक पर्यटकलाई स्वागत गरेका छन् । 

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारले भारतीय धार्मिक पर्यटकलाई स्वागत गरेका हुन् । 

धार्मिक पर्यटक बोकेको श्रीरामायण यात्रा ‘भारत गौरव’ पर्यटक रेललाई भारतका रेलमन्त्री तथा पर्यटनमन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर बिदाइ गरेको रेल बिहीबार जनकपुरधाम आइपुगेको हो । पर्यटकहरूकाे जानकी मन्दिर दर्शन गर्ने, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने र गंगा आरतीमा सहभागी हुने कार्यक्रम छ ।

भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो रेल हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उदघाटन गरेका थिए ।