मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ९ बिहीबार १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीकै पालामा भएको एसपिपी सम्झौता गठबन्धनले गरेको भनी प्रचार गरियो : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार १३:४१:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी सम्झौता खारेज गर्न आफूले पहल गरेको बताएका छन्। पार्टीबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन बिहीबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

एसपिपी सम्झौता केपी ओली प्रधानमन्त्री हुँदा भएको बताउँदै उनले उक्त गलत सम्झौता खारेज गर्न सर्वप्रथम आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको बताए। ‘एसपिपी सम्झौता केपी ओलीकै पालामा भएको थियो, अझ गठबन्धनले गरेको छ भनेर झुटो प्रचार गरिएको छ,’ उनले भने, ‘सम्झौताको पत्र सदनमा समेत प्रस्तुत भएपछि उक्त राष्ट्रघाती क्रियाकलाप केपी ओलीको पालामा भएको थाहा भयो। योभन्दा लज्जास्पद र झुट केही हुन सक्दैन।’

उक्त सम्झौता खारेजबारे प्रधानमन्त्री देउवालाई आफूले अनुरोध गर्दा ‘मरे पनि सम्झौता नगर्ने’ जवाफ पाएपछि आफू ढुक्क भएको उनले बताए।