१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयको शौचालय सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१o:oo

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा रहेको शौचालयलाई सार्वजनिक रूपमा निःशुल्क प्रयोग गर्न दिने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, बैंक, व्यावसायिक कम्प्लेक्स, सपिङमल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रूपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेअनुसार बैंकले पनि आफ्नो केन्द्रीय कार्यालयमा रहेको शौचालय खुला गर्ने घोषणा गरेको हो । 

शौचालय सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने विषयमा महानगरसँग सम्झौतासमेत गरेको बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी एकाइका नूरनिधि न्यौपानेले हस्ताक्षर गरेको जनाइएको छ । शौचालय बिहान ९.३० बजेदेखि पाँच बजेसम्म मात्र खुला रहने बैंकले जनाएको छ । 
 

ad
ad