१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अदालतको गेटमा व्यवसायीमाथि खुकुरी प्रहार गर्ने घटनाका योजनाकार पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o४:oo

अदालतकै गेटमा व्यवसायीमाथि खुकुरी प्रहार घटनाका योजनाकार नौ महिनापछि पक्राउ परेका छन् । भक्तपुरका रमेश राजबाहकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार पक्राउ गरेको हो । 

१० असोज २०७८ मा उच्च अदालत, विराटनगरको गेटमा व्यवसायी कमलसिंह लामामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने महम्मद साजिद मियाँ र विमल कार्कीलाई त्यतिवेला नै प्रहरीले पक्राउ गरेको र अनुसन्धानको क्रममा राजबाहकले खुकुरी हान्न लगाएको खुलेको थियो । तर, राजबाहक फरार रहँदै आएका थिए । 

मध्यपुर ठिमीको सानोटारबाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको सिआइबीका एसपी कमल थापाले जानकारी दिए । उनीविरुद्ध जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ । 

कम्पनीको मुद्दामा अदालत गएका वेला लामामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । मोरङको कटहरी गाउँपालिका –६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले लगानी गरेका थिए । कम्पनीको विवाद अदालत पुगेपछि उनलाई खुकुरी हानेर हत्या गर्न खोजिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

ad
ad