मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Friday, 14 August, 2026
फाइल फोटो
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार ७ मंगलबार १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार १६:o७:oo

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले नयाँ राजनीतिक दलसहित राजनीतिमा प्रवेश गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेलाई शुभकामना दिँदै आफ्नो पार्टीले गरेको गल्तीबाट सिक्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो पार्टीले गरेको गल्तीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर्न आग्रह गरेका हुन्। 

लामिछाने आफूले आशा गरेको व्यक्तिभित्र पर्ने उनले बताएका छन्। ‘मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी,’ उनले फेसबुकका लेखेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर, तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु।’