Skip This
भिजिट भिसामा साढे दुई करोड ठगी : गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, तीनजनाविरुद्ध रेड नोटिस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o६:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा साढे दुई करोड ठगी : गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, तीनजनाविरुद्ध रेड नोटिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:४३:oo

भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुर्‍याएर ठगी गर्ने गिरोहमा संलग्न ३८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३८ जनाविरुद्ध दुई करोड ६३ लाख ५४ हजार ६ सय १० रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउन सिफारिस गरेको हो । बुधबार गिरोहमा सहभागी पाँचजना पक्राउ परेका थिए । 

३८ मध्ये तीनजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिससमेत जारी गरेको छ । गिरोहका नाइके कोमलराज उपाध्याय, भूपेन्द्र बोहरा र होमबहादुर खड्काविरुद्ध रेड नोटिस जारी भएको हो । उनीहरूमध्ये खड्कालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुईजना फरार नै छन् । 

भिजिट भिसा ठगी प्रकरणमा ५३ वटा जाहेरी परेको सिआइबीका एसएसपी कुबेर कडायतले बताए । ‘५३ वटा जाहेरीमा ८३ जना पीडित छन्,’ एसएसपी कडायतले भने, ‘हामीले ३८ जनाविरुद्ध ठगी र आपराधिक लाभ मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेस गरेका छौँ ।’ 

सिआइबीले बुधबार खड्का, मधुविलास बाँस्कोटा, रञ्जना ढकाल प्याकुरेल, खुमबहादुर बस्याल र सन्तोष प्याकुरेललाई पक्राउ गरेको हो । पक्राउ परेकी रञ्जना गिरोहका नाइके कोमलराजकी श्रीमती हुन् । उनकै बैंक खातामार्फत धेरै कारोबार भएको सिआइबीले जनाएको छ ।

नाइके कोमलराजले दुबईमा त्रिनेत्र कन्सल्टेन्स लिमिटेड नामक कम्पनी चलाउँदै आएका छन् । उनलाई केही समयअघि दुबईमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपालमा डिपोर्ट गराउन प्रहरीले पहल गरिरहेको छ । उनीसहित गिरोहमा आबद्ध राजन ठकुरी, खगेन्द्र फुँयाल, खगेन्द्र लम्सालविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागिएको छ । 

यसरी भिजिट भिसामा दुबई पुगेपछि सयौँ सर्वसाधारण अलपत्र परेका थिए । कतिपयलाई विभिन्न संघसंस्थाले उद्धार गर्नुपरेको थियो । आठ लाख रुपैयाँसम्म लिएर कतिपय युवालाई रोजगारीको प्रलोभनमा युएई लगिएको थियो । यसका लागि नक्कली कागजपत्र बनाइएकोसमेत अनुसन्धानमा खुलेको छ । 

यस विषयमा यसअघि सरकारले समेत छानबिन गरेको थियो । गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षको समितिले छानबिन गर्दा सन् २०२१ मा ७२ हजार नेपाली भिजिट भिसामा युएई पुगेका र त्यसमध्ये धेरैजसोलाई विभिन्न समूहले त्यहाँ लगेको खुलेको थियो । 

त्यसरी गएका धेरै नेपाली अलपत्र परेपछि भिजिट भिसामा हुने मानव तस्करीको पोल खुलेको थियो । छानबिन समितिको प्रतिवेदनअनुसार सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा युएई पुगेका थिए । धेरैजसो रोजगारीकै खोजीमा त्यहाँ गएको समितिको निष्कर्ष छ । युएई सरकारले भिजिट भिसालाई कामदार भिसामा सहजै परिवर्तन गर्ने भएकाले यसमा गिरोहहरू नै सक्रिय हुने गरेका छन् । यसमा अध्यागमनसम्म सेटिङ हुँदै आएको छ । 

सयौँ नेपाली युएईलगायत देशमा अलपत्र परेपछि सरकारले भिजिट भिसासम्बन्धी मापदण्डमा हेरफेर गरी कडाइ गर्ने प्रयास गरेको छ । अध्यागमन विभागले भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृतिका लागि गृह मन्त्रालयमा बुझाएको छ । जसमा घुम्न र परिवार भेट्न विदेश जानेलाई अनलाइनमार्फत पूर्वस्वीकृति दिने प्रणाली लागू गर्न लागिएको छ । 

मलेसिया पठाउने भनेर ठगी 
मलेसियामा भिजिट भिसामा पठाउने भनेर पनि ठगी भएको छ । केही एजेन्टले विमानस्थलसम्म लगेर आफूहरू भित्रबाट पासपोर्ट र टिकट लिएर आउने भन्दै विदेश गएर १५ जनाभन्दा धेरै युवालाई अलपत्र बनाएर ठगी गरेका हुन् । हालसम्म १२ जनाले सिआइबीमा उजुरी दिइसकेका छन् । उनीहरूको ४२ लाख रुपैयाँ ठगी भएको छ ।

ad
ad