Skip This
राप्रपाको महिला संगठन अध्यक्षमा रावल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपाको महिला संगठन अध्यक्षमा रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:४४:oo

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले  भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्षमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेका हुन्।

लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रही विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्। रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्यान्डेड दिइएको छ। यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजीनामा गरेकी थिइन्।

पार्टीको भ्रातृ संगठन विभाग प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधानबमोजिम अध्यक्ष लिङ्देनले रावललाई अध्यक्षमा मनोनयन गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

ad
ad