Skip This
एसपिपी सम्झौता : एमालेमाथिको आरोप पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २ बिहीबार
  • Tuesday, 13 May, 2025
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २ बिहीबार १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपी सम्झौता : एमालेमाथिको आरोप पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २ बिहीबार १४:५७:oo

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेलले एसपिपी सम्झौता ओली नेतृत्वको सरकारले अघि बढाएको भनेर गलत प्रचार भएको बताए।

गठबन्धनले तथ्यविपरित पूर्वाग्रहपूर्ण कुरा गरेको बताउँदै उनले एसपिपीको प्रस्ताव आउँदा कांग्रेस नेतृत्वको सरकार रहेको दाबी गरे। पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सांसद पोखरेलले आफू मन्त्री रहँदा त्यसबारेमा सकारात्मक कुरा गरेको कुनै पनि लिखत, वक्तव्य वा माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको जवाफदेहिता लिन तयार रहेको बताए।

‘२०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसवेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरू बोलिरहनुभएको छ,' उनले भने।

गठबन्धनका नेताहरूले ओली नेतृत्वको सरकारलाई लगाएको आरोप पुष्टि गर्ने प्रमाण पेस गर्न चुनौती दिँदै प्रमाण पेस गर्न नसके गैरजिम्मेवार अभिव्यक्तिका लागि क्षमा माग्नुपर्ने बताए।

इन्डोप्यासिफिक स्ट्राटेजीको अंग बनाएर एसपिपीको विषय आएपछि केपी ओली नेतृत्वको सरकारले कार्यदल गठन गरेको र कार्यदलले एसपिपीलाई अगाडि बढाउन उचित नहुने निष्कर्ष निकालेको पाेखरेलले उल्लेख गरे।

'परराष्ट्र सचिवको संयोजकत्वमा, रक्षासचिव, गृहसचिव र नेपाली सेनाका प्रतिनिधिसहित कार्यदल बन्यो । जसले एसपिपीको नाममा आएको यो चिजलाई अगाडि बढाउनु उचित हुँदैन भनेर निष्कर्षहरू निकालेको छ। यो तथ्य हुँदाहुँदै लाज पचाएर गलत ढंगले जुन कुराहरु अहिले उछालिँदैछन्। म यसप्रति खेद व्यक्त गर्न चाहन्छु ।’