१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शशिधर भण्डारी प्युठान
२०७९ असार १ बुधबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्गद्वारीमा जिप दुर्घटना, एक तीर्थयात्रीको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
शशिधर भण्डारी प्युठान
२०७९ असार १ बुधबार १८:००:००

धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा तीर्थयात्रामा आएका भारतीय नागरिकको मृत्यु भएको छ । भिंगृ–स्वर्गद्वारी सडकअन्तर्गत स्वर्गद्वारी नगरपालिका–४ घडेरी नजिक बुधबार दिउँसो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

पिबि १० जिजेड ०२७९ नम्बरको बोलेरो जिप पल्टेको थियो । दुर्घटनाबाट भारतीय नागरिक ५८ वर्षीय बिक्कीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा प्रवक्ता सुशील थापाका अनुसार दुईजनाको अवस्था गम्भीर रहेको र अन्य ५ जना सामान्य घाइते छन् । 

घाइते सबैलाई उपचारका लागि भैरहवा रिफर गरिएको छ । उक्त जिप स्वर्गद्वारी दर्शन गरी फर्किने क्रममा दुर्घटनामा परेको हो ।