फोहोर व्यवस्थापनका लागि धनराज गुरुङले सम्झाए संसदमा दर्ता भएको ‘फोहोरलाई मोहर बनाउने’ प्रस्ताव

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि फोहोरलाई मोहर बनाउने प्रस्ताव स्मरण गराएका छन्। उपसभापति गु्रुङले ०७० मा आफूलगायतले संसदमा दर्ता गराएको पुरानो प्रस्ताव स्मरण गराएका हुन्।

‘काठमाडाै‌ंको फोहोर व्यवस्थापन गर्न सफल भएकोमा कामपाका प्रमुख तथा विभागीय मन्त्रीलाई धन्यवाद। तर, फोहोर व्यवस्थापनको स्थायी समाधान हामीले कहिले खोज्ने हो ? फोहोरलाई मोहर कहिले बनाउने ?,’ उनले फेसबुकमा लेखेका छन्, ‘फोहोर व्यवस्थापनको नाममा अर्बौँ खर्च गरिरहने कि फोहोरबाट अर्बौँ आम्दानी गर्ने ? ०७० मा ‘फोहोरलाई मोहर बनाऔँ’ भनेर मैले संसदमा राखेको प्रस्ताव कार्यान्वयन गर्ने कि ? सरकारमा जानेहरूलाई बाटो देखाइदिँदा पनि किन कोही त्यो बाटोमा हिँड्न चाहँदैनन् हँ ?’

सुझावित समाचार