१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा कांग्रेसका चौधरी निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:o७:oo

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा चौधरीले जनता समाजवादी पार्टी (जसपा) का उमेशकुमार कुर्मीलाई पराजित गरी प्रमुखमा निर्वाचित भएका हुन् । कुल १६ मतमध्ये चौधरीले १३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका कुर्मीले तीन मत प्राप्त गरे । चौधरीलाई नेपाली कांग्रेसका १२ र माओवादी केन्द्रका एकजनाले मतदान गरेका हुन् ।
 
उपप्रमुखमा नेपाली कांग्रेसकी सीता कार्की निर्विरोध निर्वाचित भएकी छिन् । उपप्रमुखमा उनको मात्र उम्मेदवारी परेकाले उनी यसअघि निर्विरोध निर्वाचित भएकी थिइन् । यस्तै समन्वय समितिको सदस्य (महिला) पदमा नेकपा (माओवादी केन्द्र) की चमेली थारू र रेवती दमाईं विजयी भएका छन् । दुवैजनाले १३-१३ मत पाए । यसैगरी जसपाकी तरन्नुन बानो शेष विजयी भइन् । उनले तीन मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मी पासीले दुई मत प्राप्त गरिन् ।

समन्वय समितिको सदस्य (खुला) मा नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारू तथा दलित-अल्पसंख्यक सदस्यमा जगदीश बाल्मीकि पनि यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । बाँकेमा कांग्रेसले पाँच पालिकामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेको छ भने नेपालगन्ज उपमहानगरमा प्रमुख र खजुरा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

जिल्ला समन्वय समिति निर्वाचनमा बहुमत पुर्याउन नौ मत आवश्यक परे पनि कांग्रेस एक्लैसँग १२ मत छ। तर, कांग्रेसले सत्तागठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई समेट्न एक–एक सदस्य दिन खोजे पनि जसपाले अस्वीकार गरी जिससको प्रमुख र सदस्यमा उम्मेदवारी दिएको थियो । माओवादी केन्द्रले खजुरा गाउँपालिकाको अध्यक्ष जितेको छ । जसपाले नरैनापुरको अध्यक्ष, उपाध्यक्ष र नेपालगन्जको उपप्रमुख जितेको छ । 

जिससका पदाधिकारी र सदस्यले लिए शपथ
जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यले शपथसँगै पदभार ग्रहण गरेका छन्। नवनिर्वाचित प्रमुख चौधरीलाई मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै उनले उपप्रमुख कार्कीसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथलगत्तै नवनिर्वाचित प्रमुख चौधरी, उपप्रमुख कार्की र सदस्यहरूले पदभार ग्रहण गरे । 
 

ad
ad