Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २७ शुक्रबार १८:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा बन्चरेडाँडाको विकल्प खोज्नुपर्छ : प्रवक्ता महत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २७ शुक्रबार १८:४३:००

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बन्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताएका छन्। शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल्ड साइड बन्चरेडाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बन्चरेडाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भई त्यसको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले सधैँ बन्चरेडाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनको लागि पर्याप्त भइनरहने भन्दै त्यसको विकल्पको रूपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यकता रहेको बताए ।  प्रवक्ता महतले बन्चरेडाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगव्याधीको समस्या, दुर्घटनाबाट टाढा राखी रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने माग बन्चरेडाँडावासीको जायज माग भएको बताए । 

प्रवक्ता महतले अहिलेको काठमाडौंको बेहाललाई ध्यानमा राखेर स्थानीयवासीसँग सहजता प्रदान गर्न पनि आग्रह गरे । उनले  स्थानीयको माग, फोहोरको दुर्गन्ध न्यून गर्ने तात्कालीक उपायहरू, तत्काल लागू गर्नुपर्ने भन्दै वातावरणीय प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।