मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २१ शनिबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री खाणको भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार १६:o४:oo

गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा संघीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको छ। रासस