मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १९ बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जति धेरै दल त्यति धेरै अस्थिरता, देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार १७:१७:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने बताए। देश बनाउन नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उनको भनाइ छ। महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए।

‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको, दलहरू मिलेर देश बनाएको भन्ने कुरा हामीले सुन्दैनौँ। देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ। गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन,' उनले भने, 'प्राविधिक रूपमा जित हासिल गर्न गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन। राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ। जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता। जति धेरै राजनीतिक दल त्यति धेरै नीतिगत विचलन। जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षेप। यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो।'